गृहमन्त्री गुरूङका बाजे रामसलको नाममा हदबन्दीभन्दा बढी जग्गा, होला त जफत?
काठमाडौं। गृहमन्त्री सुधन गुरूङको बाजेको नाममा हदबन्दीभन्दा बढी जग्गा रहेको पाइएको छ। गृहमन्त्री गुरूङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा बाजे रामसल गुरूङको नाममा २२१ रोपनी जग्गा रहेको खुलाएको छन्। उक्त जग्गा नेपालको प्रचलित कानुन बमोजिम हदबन्दीभन्दा १४६ रोपनी बढीको जग्गा हो।


भूमिसम्बन्धी ऐन, २०२१ को दफा ७ मा जग्गावालाको हैसियतमा राख्न पाउने जग्गाको अधिकतम हद तोकिएको छ। उक्त दफा अनुसार काठमाडौं उपत्यकाबाहिर रहेको गोरखा जिल्लामा कुनै व्यक्ति वा निजको परिवारले जग्गावालाको हैसियतमा ७० रोपनी जग्गा र घरबारीको निमित्त ५ रोपनी गरी ७५ रोपनी नबढ्ने गरी जग्गा राख्न पाउँछ। तर, गृहमन्त्री गुरूङका बाजे रामसलको नाममा गोरखा जिल्लामा २२१ रोपनी जग्गा रहेको खुल्न आएको छ। भूमि सम्बन्धी ऐनअनुसार गृहमन्त्री गुरूङको बाजे रामसलको नाममा हदबन्दीभन्दा बढी रहेको १४६ रोपनी जग्गा राज्यले जफत गर्न सक्छ।
भूमिसम्बन्धी ऐन आउदा कतिपयले हदबन्दी छल्न अंशबण्डा समेत गरेर मिलाएका थिए। तर, गृहमन्त्री गुरूङका बाजे रामसलको नाममा अहिलेसम्म पनि २२१ रोपनी (१४६ रोपनी हदबन्दी)भन्दा बढी जग्गा रहेको देखिन्छ।
गृहमन्त्री गुरूङका बाजे रामसलको नाममा सगोलमै गोरखमा २२१ रोपनी जग्गा रहेको र उनका पिता दिलबहादुर गुरूङको भरतपुर चितवनमा ३० कट्ठा र गृहमन्त्री गुरूङको धनकुटामा १९ रोपनी १५ आना (झन्डै २० रोपनी) जग्गा रहेको पाइन्छ। गोरखा र चितवनको पैतृक सम्पत्ति रहेको भन्ने उल्लेख छ भने धनकुटामा लगानीबाट प्राप्त भएको जनाइएको छ।
प्रचलित कानुन अनुसार गृहमन्त्री गुरूङका बाजेको हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा रहेकाले उक्त जग्गाको विषयमा सुशासन कायम गर्न बनेको बालेन सरकारले अविलम्ब निर्णय गर्नुपर्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस