प्रधानमन्त्री बालेनको हदबन्दी बढी जग्गा देखिएको हो?


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हदबन्दीभन्दा बढी जग्गा रहेको प्रचार भएको छ। तर, स्वास्थ्य लाइभले अध्ययन गर्दा प्रधानमन्त्री बालेनको हदबन्दीभन्दा बढी जग्गा फेला परेन। कानुन बमोजिम बालेन परिवारले ११ बिगहा जग्गा राख्न पाउनेमा उनको परिवारको नाममा त्योभन्दा कम देखिएको हो।

प्रधानमन्त्री बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा ध्रुवदेवी शाहको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा ५ आना र धनुषामा १ बिगहा २ कठ्ठा जग्गा रहेको देखिन्छ। ध्रुवदेवी प्रधानमन्त्री बालेनकी आमा हुन्। त्यस्तै महोत्तरीमा बालेका पिता रामनारायण शाहको नाममा ९ बिगहा जग्गा रहेको छ। महोत्तरी र धनुषामा गरेर बालेन परिवारको नाममा १० बिगहा २ कठ्ठा जग्गा रहेको देखिन्छ।

भूमि सम्बन्धी ऐनमा भित्री मधेश समेत सम्पूर्ण तराई क्षेत्रमा १० बिगहा र घरबारीका लागि १ बिगहा गरी ११ बिगहा जग्गा राख्न पाइन्छ। बालेनको पिताको नाममा रहेको ९ बिगहा र आमाको नाममा रहेको १ बिगा दुई कठ्ठा जोड्दा ११ बिगहा पुग्दैन। तराईमा बालेन परिवारको नाममा १० बिगहा २ कठ्ठा जग्गा रहेको देखिन्छ। काठमाडौंमा रहेको ५ आना जोड्दा पनि बालेन परिवारको हदबन्दीभित्रै जग्गा रहेको पाइन्छ। १ बिगहा २ कठ्ठालाई १२ बिगहा भनेर प्रचार गरेर हदबन्दीभन्दा बढी जग्गा भनेर भ्रम सिर्जना भएको देखिन्छ। प्रचार भएजस्तो प्रधानमन्त्री बालेनको हदबन्दीभन्दा बढी जग्गा भने देखिएन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ