काठमाडौँबाट उठाइएका सुकुमबासी ५१ परिवारको भेटियो जग्गा, एक्सन लिने तयारीमा सरकार 


काठमाडौँ । काठमाडौँको खोला किनारबाट उठाइएका सुकुमबासी मध्ये ५१ जनाको जग्गा भेटिएको छ । सुकुमबासीको नाममा जग्गा भेटिएपछि सरकारले एक्सन लिने तयारी थालेको हो।

काठमाडौंका नदी र खोला किनार क्षेत्रमा जोखिमपूर्ण बसोबास गरिरहेको भन्दै सरकारले ३८८ परिवारलाई त्यहाँबाट उठाएर सुरक्षित ठाउँमा स्थानान्तरण गरेको थियो। ती परिवारमध्ये धेरैलाई होल्डिङ सेन्टरमा राखेर व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको छ।

प्रक्रिया अगाडि बढाउँदा ५१ परिवारको जग्गा भेटिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्। उनकाअनुसार जग्गा भेटिएका ५१ जनाको सुकुमबासी निवेदन अस्वीकृत गरिएको छ।

होल्डिङ सेन्टरमा ३८८ परिवारको लगत संकलन गरेर विस्तृत विवरण लगिएको थियो। त्यसमा ५८ परिवारको निवेदन फाराम सम्बन्धित जिल्ला र पालिकामा पठाइएको छ,’ मन्त्री रावलले भनिन्, ‘५१ को जग्गा भेटिएकाले निवेदन अस्वीकृत भएको छ। ५१ को पहिले नै आयोगमा दर्ता भएको हुनाले छुट्टै सूचना प्रकाशित हुँदैछ।’ मन्त्री रावलले सुकुमवासी, अव्यवस्थित बसोबासीको हकमा सरकार गम्भीर रहेको र निरन्तर काम गरिरहेको बताइन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ