लम्सालसँग वैकल्पिकमा परेका सचिव काप्री 


काठमाडौं। शिक्षक सेवा आयोगका अध्यक्ष हरिप्रसाद लम्साल शिक्षा प्रशासनको सहसचिव हुँदा कृष्णप्रसाद काप्री वैकल्पिकमा परेका थिए। २०७० चैतमा आन्तरिक प्रतिस्पर्धाबाट लम्साल शिक्षा प्रशासनको सहसचिव बन्दा काप्री वैकल्पिकमा परेका थिए। उनै काप्री हाल निर्वाचन आयोगको सचिवको भूमिकामा छन्।

लम्साल सचिव बनेर शिक्षक सेवा आयोगको अध्यक्ष समेत बन्न भ्याइसकेका छन्। लम्सालसँग वैकल्पिकमा परेर अर्को वर्ष २०७१ माघमा सहसचिव भएका काप्री पनि सचिव बन्न सफल भएका हुन्। उनी सचिव भएको एक वर्ष भइसकेको छ। लुम्बिनी प्रदेशको प्रमुख सचिवबाट हालै निर्वाचन आयोग सरूवा भएका काप्री आगामी वैशाख ५ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाने सूचीमा छन्।

क्याटेगोरी : समाचार
ट्याग : #कृष्णप्रसाद काप्री, #हरिप्रसाद लम्साल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ