३९६ पालिकामा अस्पताल बनाउन एकै पटक शिलान्यास तर, खनिएका खाल्डा फोहोर थुपार्न प्रयोग


काठमाडौं ।  सरकारले गत १५ मंसिरमा एकै पटक ३ सय ९६ पालिकामा आधारभूत अस्पताल निमार्णण गर्न शिलान्यास गरेको थियो । केहीमा बिवाद भएपनि धेरै जसो स्थानमा शिलान्यास भएको थियो । तर, आधारभूत अस्पताल निमार्णका लागि गरिएको शिलान्यास (खाल्डा) अहिले फोहोर थुपार्न प्रयोग गरिएको छ ।
झापाको कमल गाउँपालिका–२ क्याम्पास्थित गाउँपालिकाको कार्यालय परिसरमै आधारभूत अस्पताल बनाउने भनी गत १५ मंसिरमा धुमधामसँग शिलान्यास भयो । तर, अस्पताल निर्माण अघि बढेन । शिलान्यास गरिएको ठाउँ अहिले ‘डम्पिङसाइट’ बनेको छ ।


५८ अर्ब बजेट अनुमान गरेर सरकारले सातै प्रदेशमा तीन सय छयानब्बे आधारभूत अस्पताल शिलान्यास गरेको हो । तर, स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउन भनेर गरिएका शिलान्यासमा अहिले पानी र फोहोरले भरिएको छ ।
सात सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अहिले पनि अस्पताल छैनन । तीमध्ये पहिलो चरणमा तीन सय ९६ स्थानीय तहमा अस्पतालको भवन बनाउने योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ३ सय ९६ आधारभूत अस्पताल शिलन्यासलाई नेपालको इतिहासमै स्वास्थ्य क्षेत्रको क्रान्ति भनेका थिए ।
पाँच शड्ढयाका ५२, १० शड्ढयाका एक सय नौ र १५ शड्ढयाका ३५ अस्पताल बनाउने योजना सरकारको छ । दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना रहेको संयोजक डा माधव लम्सालले बताए ।

अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिको प्रक्षेपण गरी अर्थ मन्त्रालयमा लगिएको छ । तर, स्वीकृत भएको छैन । डा लम्सालले बताए अनुसार पाँच शड्ढयाको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शड्ढयाको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शड्ढयाको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटाउने योजना छ । स्वास्थ्य मन्त्रालयका अनुसार संखुवासभा, सोलुखुम्बु, सप्तरी, सिराहा, होत्तरी र पर्सा लगायत जिल्लामा निर्माणको काम अगाडी बढेको छैन ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : ##आधारभूत अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com