रेम्डेसिभिर आवश्यक परे यहाँ फाेन गर्नाेस्


काठमाडौं  । सरकारले रेम्डेसिभिर औषधिको आवश्यक परे खरिद गर्न सम्पर्क व्यक्ति ताेकेकाे छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै काेभिड अस्पतालमा कार्यरत चिकित्सकले सिफारिस गरे ४ हजार ९ सयका दरले उपलब्ध गराउन भनिएकाे छ ।
विश्व स्वास्थ्य संगठन लगायत विभिन्न अध्ययनले रेम्डेसिभिर र प्लाज्मा थेरापीले काम नगर्ने भन्दै प्रयाेग नगर्ने भनेपनि नेपालमा राेकिएकाे छैन  । सरकार आफै खरिदमा लागेकाे छ ।

रेम्डेसिभिर औषधि आधाकारिक आयातकर्ता आयन हेल्थकेयर भएकाे मन्त्रालयले जनाएको छ ।  कोभिड बिरामी उपचाररत अस्पताल वा बिरामीको उपचारमा संग्लन चिकित्सकले प्रेस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको परिचय पत्रको प्रमाणका सहित आयान हेल्थ केयर, कुपोण्डोल, यूएनपार्कका डा अबुल अन्सारी ९८००५५९१०, सुवास ९८१०१९४४१६, बिमल ९८४१५०६३७०, कमल ९८५११२४६३९ बाट खरीद गर्न अनुरोध गेरेका छन्।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com