अक्सिजन अभावले नागरिक मर्दा २६ वटा अक्सिजन कन्सन्ट्रेटर विभागमा थन्किए


काठमाडौं । गत बैशाख २७ र २८ गते कैलालीको टीकापुर अस्पतालमा १२ जना, बैशाख २९ गते अक्सिजन अभावका कारण वुटवल र भैरहवामा ९ जना कोरोना संक्रमितको निधन भयो । त्यस्तै बैशाख ३० गते ट्रमा सेन्टर र वीर अस्पतालमा अक्सिजन अभावले गर्दा १४ जनाको निधन भयो ।

अक्सिजन अभावका कारण निधन भएका यी केही प्रतिनिधि मूलक घटना मात्रै हुन् । देशभरका कोभिड अस्पताल र आइसोलेसन सेन्टरमा अक्सिजन अभाव हुदा ठुलो संख्यामा नागरिकले ज्यान गुमाएका छन् । अक्सिजन सिलिण्डर भएपनि रिफिल क्षमता न्युन हुदा समस्या भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ भन्छन्, हामीलाई सिलिण्डरको समस्या छैन, उद्योगले भर्न नसक्दा समस्या भएको हो । स्वास्थ्य मन्त्रालयले दुर्गममा सिलिण्डरबाट सम्भव नभए पछि अक्सिजन कन्सनट्रेटर पठाएको छ । बिभिन्न दाताहरुले ठुलो संख्यामा अक्सिजन कन्सनट्रेटर सहयोग गरेका छन् ।

कन्सनट्रेटरले बिजुलीको माध्यमबाट ४ देखि ६ लिटर सम्म अक्सिजन दिन्छ । यही अक्सिजन कन्सनट्रेटर समेत देशभरका अस्पतालमा पु¥याउन नसक्दा धेरैको ज्यान गएको छ । तर, स्वास्थ्य सेवा बिभागले भने २६ वटा अक्सिजन कन्सनट्रेटर थन्क्याएर राखेको छ । स्रोतका अनुसार यी अक्सिजन कन्सनट्रेटर केही नेता तथा मन्त्रीको पहलमा बिभिन्न स्थानमा पठाइने छ ।

नागकिर अक्सिजन नपाएर मरिरहेका बेला ठुलो संख्यामा अक्सिजन कन्सनट्रेटर थन्क्याएर राख्नु उचित नभएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् । त्यस्तै ३ हजार ४ सय २० थान रेम्डेसिभिर पनि मौज्दात राखिएको छ । स्वास्थ्य सस्थामा बिरामीले लगाउन पाएका छैनन् तर, विभागमा हजारौं रेम्डेसिभिर छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार सम्म ३८ हजार ८५० एन्टीजन टेष्ट किट प्रयोग गर्न बाँकी छ । त्यस्तै रीयल टाईम पिसीआर किट ३८ हजार, आरएनए इक्सट्राक्सन रीएजेन्ट म्यानुअल ५३ हजार ५९९, आरएनए इक्सट्राक्सन किट अटोमेटीक ५५ सय ७० प्रयोग गर्न बाँकी छ ।

त्यती मात्रै हैन भिटिएम ५१ हजार २९२, अक्सिजन सिलिन्डर ५४३ वटा मौज्दात रहेको छ । तर, प्रदेश र स्थानीय तहले आफै पनि कतिपय सामग्रीको खरिद गरेकाले त्यहाँको संख्या जोडिएको छैन । स्थानीय तल र प्रदेशमा भएको संख्या समेत जोड्दा अझै धेरै मौज्दात देखिने छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com