दातृ निकायद्धारा २ अर्ब बढीको अक्सिजन कन्सन्टेटर सहयोग
काठमाडौं । कोरोना महामारीबाट नागरिकको ज्यान बचाउन बिभिन्न १३ वटा अन्तराष्ट्रिय दातृ निकायले झण्डै २ अर्ब बढी मुल्यको अक्सिजन कन्सन्टेटर सहयोग गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सम्म ८ सय वटा अक्सिजन कन्सन्टेट सहयोगबाट प्राप्त भएको छ ।
दातृ निकायले उपलब्ध गराएको सुचि अनुसार ती ८ सय अक्सिजन कन्सन्टेटरको मुल्य १ अर्ब ७३ करोड ३३ लाख ४६ हजार रुपैयाँ रहेको छ । अझै चार वटा सस्थाले मुल्य देखाएका छैनन् ।
कोरोनाको दोस्रो छालमा बिभिन्न अन्तराष्ट्रिय दातृ निकायले अक्सिजन कन्सन्टेटर सहयोग गरेका हुन् । देशमा अक्सिजनको चरम अभावका कारण ठुलो संख्यामा नागरिकहरुको मृत्यु हुन थालेपनि सरकारले सहयोगका लागि दातृनिकाय गुहारेको थियो ।
अक्सिजन सिलिण्डर नभएको अवस्थामा विद्युतका माध्यमबाट अक्सिजन कन्सन्टेटर चलाएर बिरामी बचाउन सक्ने भएकाले बिभिन्न १३ वटा सस्थाले ८ सय पिस अक्सिजन कन्सन्टेटर नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेका छन् ।
अक्सिजन कन्सन्टेटर
| सस्था रकम |
| युनिसेफ ०.०० |
| डाइरेक्ट रिलिफ २०००५ |
| युनिसेफ ११२२४० |
| Temasek Foundation सिंगापुर ०.०० |
| जनमुक्ति हेल्थ इन्टरप्राइजेज ९३७९००० |
| डब्लुएचओ २५६०९ |
| हंसी होल्डीङ् ग्रुप ३७५६३०० |
| एनआरएनए ५१३२४० |
| थाइल्याण्ड सरकार १२४६४४० |
| एनसीएल ०.० |
| स्वीजरल्याण्ड सरकार १०३४० |
| स्पेन सरकार ९४०० |
| करुना फाउण्डेसन काठमाडौं ०.०० |
अधिकारीहरुका अनुसार कन्सन्टेटर प्रति मिनेट ५ लिटर सम्म अक्सिजन दिन सक्ने क्षमताका छन् । सहयोगबाट प्राप्त भएका कन्सन्टेटर सिलिण्डर पुर्याउन नसकेका जिल्लाहरुमा पठाइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस