२९ वर्षमा ६ हजारलाई दिएको तालिम १ वर्षमा १० हजारलाई दिइयो, बजेट दोब्बरले वृद्धि


काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २९ वर्षमा गरेको उपलब्धि पछिल्लो एक वर्षमा भएको छ । अनुसन्धान क्षेत्रमा चाहिने तालिम लगायत बजेटका विषयहरु एक वर्षमा तिब्र वृद्धि भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौँ राष्ट्रिय शिखर सम्मेलन हालै सकिएको छ । सम्मेलनले विगत २९ वर्षमा गरेका कामहरु एक वर्षमा भएको जनाएको छ ।

अनुसन्धान परिषद्का संस्थापक डा मृगेन्द्रराज पाण्डेले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना महामारीको समयमा पनि तिब्र गतिमा काम गरेको बताए । ‘मैले स्थापना काल देखिनै हेर्दै आइरहेको छु डा पाण्डेले भने, ‘तर यो वर्षमा जति कुनै वर्षमा कामहरु भएनन् । यो नेपाली अनुसन्धानको क्षेत्रमा ठुलो फड्को हो ।’

परिषद्को तथ्यांक अनुसार २९ वर्षमा ६ हजार जनालाई अनुसन्धानबारे तालिम दिएको थियो । तर, विगत एक वर्षमा मात्रै १० हजारलाई अन्तराष्ट्रिय स्तरको तालिम दिइएको छ ।

अनुसन्धानका क्षेत्रमा तालिमलाई ठुलो उपलब्धिका रुपमा लिने गरिन्छ । त्यस्तै हाल सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को बजेट करिब १० करोडको वरिपरी थियो । तर, यो वर्षबाट दोब्बरले बढाएर २० करोड माथि पु¥याइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवाली अनुसन्धानका क्षेत्रमा लगानी वृद्धि हुनु मुख्य उपलब्धी भएको बताउँछन् । उपलब्धीका बिच परिषद् महामारीमा मज्जाले चुकेको छ । विश्वका धनि देशहरुमा कोरोना भाइरस विरुद्ध तयार भएका तेस्रो फेजका खोपहरु परिक्षण भए । ती देशहरु आज खोप मुक्त हुने अवस्थामा पुगेका छन् । तर, नेपालले खोपको क्लिनीकल ट्रायल गर्न सकेन ।

अनुसन्धान कर्ता मेघनाथ धिमालका अनुसार नेपालले पनि क्लिनीकल ट्रायल गर्न पाएको भए करिब सबै नागरिकहरुले खोप पाएको अवस्था हुने थियो । सबै देशरुमा संचालन भएका खोपहरु तेस्रो फेजको ट्रायलमा छन् । तर, नेपालमा सरकारले अनुमती नदिएका कारण परिषद्ले प्रस्ताव आएका ट्रायल पनि अगाडी बढाउन सकेन ।

विगतमा परिषद् आफैले स्वीकृत गर्दा परिक्षण गर्ने व्यवस्था थियो तर, हाल परिषद्ले स्वीकृत गरेर पनि मन्त्री परिषद्बाट पास हुनु पर्छ । मन्त्री परिषद्बाट पास नहुदा सम्म ट्रायल गर्न सकिदैन ।

नेपालमा खोप उपलब्ध नहुनुको मुख्य कारण पनि ट्रायल गर्न नसक्नु भएको वैज्ञानीकहरु बताउँछन् । नेपालमा तेस्रो फेजको ट्रायल गर्न दिएको भए यस बेला सबै जसो नेपालीहरुले खोप पाएका हुन्थ्ये ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com