दुर्गा प्रसाईंद्धारा प्रधानमन्त्री समक्ष तीन बुदे प्रस्ताव, मेडिकल कलेजको सम्बन्धन दिने, राज्यले चलाउने वा बन्द गर्ने


काठमाडौं । काठमाडौं उपत्यका बाहिर रहेर पनि व्यक्तिगत स्वार्थका कारण सम्बन्धन नपाएको विएण्डसी मेडिकल कलेजको विवाद पुन पेचिलो बन्दै गएको छ । प्रक्रिया पुगेर पनि आठ वर्ष देखि सम्बन्धनको पर्खाइमा रहेको झापाको विएण्डसी मेडिकल कलेज राज्यलाई नै सुम्पिने अवस्थामा संचालक पुगेका छन् ।

मेडिकल कलेजका संचालक दुर्गा प्रसाईले प्रधानमन्त्री समक्ष कलेज चलाउने वा बन्द गर्ने विषयमा तीन बुदे प्रस्ताव अगाडी सारेका छन् । राज्यलाई स्पष्ट निर्णय लिन भन्दै प्रसाईले सम्बन्धन नदिने भए आफै चलाउन अनुरोध गरेका छन् ।

‘शनिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले भनेका छन्, ‘संस्थाले सम्पूर्ण मापदण्ड पुरा भएको, विश्वविद्यालयले सम्वन्धनको सहमति प्रदान गरि सिट संख्या निर्धारणको अनुरोध गरेको, सम्वन्धनको सिफारिस शुल्क समेत बुझाईसकेको अवस्थामा समेत विभिन्न वाहानावाजी गरि आलटाल गर्ने, झुक्याउने, धम्कीदिने र काम पन्छाउने परिपाटी पटक पटक भईरहेको छ । लामो समय सम्म यस्तो व्यवहार राज्यका तर्फबाट हुनुभनेको नागरिक माथि घोर अन्याय हो ।’

म सरकारलाई स्पष्ट हुन आग्रह गर्दछु, यस मेडिकल कलेजलाई सम्वन्धन दिन, सरकार आफैले संचालन गर्न वा सधैका लागि वन्द गर्ने विषयमा अविलम्व स्पष्ट र ठोस निर्णय प्रधानमन्त्रीले लिनुपर्छ प्रसाईले विज्ञप्तीमा भनेका छन् । प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिएन्डसीको विषयमा अविलम्ब निर्णय लिन अनुरोध गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले उपत्यका भित्र दश वर्ष र बाहिरको हकमा खोल्न पाउने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार विएण्डीले झापामा मेडिकल कलेज खोलेका हुन् । राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा १३(६) बमोजिम सम्वन्धनको लागि सहमति दिने र सिट संख्या सहित स्विकृतिका लागि निर्णय गर्नका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा १३(६) बमोजिम यस संस्थालाई सम्वन्धन प्रदान गर्न चिकित्सा शिक्षा आयोगमा नियमानूसार कामकारवाही अगाडि बढाएको र आयोगले सम्वन्धनको सिफारिसका लागि लाग्ने आवश्यक दस्तुर जम्मा गरि निवेदन पेश गर्न आयोगबाट भनेबमोजिम मिति २०७८ बैशाख १३ मा चिकित्सा शिक्षा आयोगमा सम्वन्धनको सिफारिस वापत दश लाख रकम समेत जम्मा गरि निवेदन पेश गरिएको बताएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ