अब स्वास्थ्य मन्त्रालयमा एक मात्र सचिव रहने


काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अब एउटा मात्र सचिव रहने भएको छ ।
स्वास्थ्य  मन्त्रालयमा आतंक मच्च्याउँदै आएका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
कार्यालयमा तानेसँगै स्वास्थ्यमा प्रशासनतर्फको सचिव दरबन्दी कटौती भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक उच्च अधिकारीका अनुसार पुष्पा चौधरीलाई सरुवा गर्दा प्रधानमन्त्री कार्यालयमा लगेको स्वास्थ्यको प्राविधिक सचिवको दरबन्दी स्वास्थ्यमा फर्काएर  प्रशासनतर्फको सचिवको दरबन्दी कटौती गर्ने निर्णय भएको हो ।
त्यही अनुसार मन्त्रिपरिषद्ले स्वास्थ्यमा प्राविधिक सचिवको दरबन्दी फिर्ता गरेपछि मात्र डा. रोशन पोखरेललाई स्वास्थ्य सचिवमा नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयका ती अधिकारीले जनाए । ‘दुई सचिव राख्दा कार्यक्षेत्रमा विवाद हुने र स्वास्थ्य जस्तो प्राविधिक र संवेदनशील मन्त्रालयमा प्रशासनको सचिव पठाउँदा विवादित बन्ने गरेकाले स्वास्थ्यमा प्रविधिक सचिवको मात्र दरबन्दी राख्ने निर्णय भएको हो’, अब स्वास्थ्यमा एक मात्र प्रविधिक सचिव रहन्छ । विवादित लक्ष्मण अर्याल नै स्वास्थ्यमा अन्तिम प्रशासनतर्फका सचिव बन्नेछन् ।’, प्रधानमन्त्री कार्यालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई भन्यो ।
स्वास्थ्य सचिव अर्यालको आगमनसँगै मन्त्रालयका महत्त्वपूर्ण कोठाहरू,  फाइल तथा संवेदनशिल काम आईएनजीओलाई सुम्पने काम भएको विषयमा छानविन हुन सक्ने स्रोतको संकेत छ   ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com