नियमित बढुवालाई अंगालेका भए कृष्णबहादुर राउत हुन सक्थे मुख्यसचिव


काठमाडौं। एकनारायण अर्याल मुख्यसचिवबाट अवकाश हुन साझबिहान भएको छ। मंसिर ९ गते रातिदेखि अर्याल मुख्यसचिव घर जानेछन्। त्यसपछिको मुख्यसचिव बन्न कडा प्रतिस्पर्धा देखिन्छ।

अहिले मुख्यसचिवको प्रतिस्पर्धामा सचिवहरू गोकर्णमणि दुवाडी, सुमनराज अर्याल, प्रमिलादेवी बज्राचार्य शाक्य, मधुसुधन बुर्लाकोटी, कृष्णहरि पुष्कर कर्ण र रामप्रसाद घिमिरे रहेका छन्। यिनीहरू चालू आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने सचिव हुन्। गोकर्ण र सुमनको बीचमा रहेका भरतमणि सुवेदीले बाटो तताइसकेका छन्।

२०६७ साल चैतमा गोकर्णमणि दुवाडीसँगै कृष्णबहादुर राउत, मानबहादुर बि. के. र लक्ष्मीकुमारी बस्नेत सहसचिव भएका थिए। दुवाडी र राउत खुला प्रतिस्पर्धा, बि. के दलित कोटा र बस्नेत महिला कोटाबाट सहसचिव बनेका हुन्। सचिवमा बढुवा हुनका लागि चाहिने ‘एसईडिपी’ तालीम नलिएका कारण राउत र बस्नेत अहिले मुख्यसचिवको प्रतिस्पर्धामा अग्रपङ्क्तिमामा हुने थिए। राउत र बस्नेत नियमित सचिव बढुवालाई अंगालेको भए सुमनराज अर्याल, मधुसुदन बुर्लाकोटी, कृष्णहरि पुष्कर अहिले मुख्यसचिवको प्रतिस्पर्धामा हुने थिएनन्।

दुवाडीपछिको रोलक्रममा रहने भएकाले राउतको मुख्यसचिव बन्ने सम्भावना बलियो रहन्थे। एसईडिपी छलेका राउत अहिले सचिवको बरियतामा १४ नम्बरमा छन् भने बस्नेत २२ औं नम्बरमा रहेकी छिन्। राउतभन्दा अघि दुवाडीसहित सुमनराज अर्याल, प्रमिलादेवी बज्राचार्य, मधुसुदन बुर्लाकोटी, कृष्णहरि पुष्कर कर्ण, खगेन्द्रप्रसाद नेपाल, रामप्रसाद घिमिरे, किरणराज शर्मा, गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, गोपालप्रसाद सिग्देल र रविलाल पन्थ रहेका छन्।

२०३४ सालका उद्योग सचिव राउत र २०३० सालमा जन्मिएकी महिला बालबालिका तथा जेष्ठ नागरिक सचिव बस्नेत नियमित बढुवा अंगालेर रोलक्रममा बसेको भए ३ वर्ष पुरै मुख्यसचिव चलाउनेमा पर्थे। राउतको मुख्यसचिव हुने प्रवल सम्भावना रहन्थे। तर, राउतले सचिव छल्दा मुख्यसचिव चिप्लिएको हो। राउत र बस्नेतले बाटो छाड्दा अर्याल जेष्ठतामा अघि परेका छन्। त्यसैले उनलाई मुख्यसचिवको ढोका सहज तरिकाले खुल्न पुगेको हो।

 

क्याटेगोरी : समाचार
ट्याग : #कृष्णबहादुर राउत, #गोकर्णमणि दुवाडी, #मानबहादुर बि . के, #लक्ष्मीकुमारी बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ