अख्तियारका दुई सहसचिव सचिवमा बढुवा
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत दुई सहसचिव सचिवमा बढुवा भएका छन्। अख्तियारका सहसचिवद्वय पुष्कर सापकोटा र राजेन्द्रकुमार पौडेल सचिवमा बढुवा भएका हुन्।
सापकोटा कानुनतिरको सचिवमा बढुवा भएका हुन् भने प्रशासनतिरको सचिवमा पौडेल बढुवा भएका छन्। सापकोटाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भएको छ। पौडेलको कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन हुने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्कर सापकोटा, #राजेन्द्रकुमार पौडेल



तपाईको प्रतिक्रिया दिनुहोस