‘स्टक्चर’ नहेरी मनिटर खरिद गर्दा वीरमा आइसियू चल्न सकेन


काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले मनिटर राख्ने ठाउँको व्यवस्था नगर्दा सेवा प्रवाहमा गम्भीर समस्या आएको छ । एक सय वेड आइसियू सञ्चालन गर्ने भनि सोही अनुसारको तयारी गरिए पनि तत्कालीन् कोभिड युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीमा डा. जागेश्वर गौतमले स्टक्चर नहेरी सामान खरिद गर्दा समस्या आएको हो । अस्पताल स्रोतका अनुसार वाल मनिटर खरिद गरिएको छ, तर, वीरको नयाँ भवनका भित्री संरचना पार्टेसन गरेकाले वाल मनिटर राख्न मिल्दैन ।

वीर अस्पतालको नयाँ भवनको भित्र संरचना सिमेन्टले पार्टेसन गरिएको छ । उक्त पाटेसनमा मनिटर राख्न मिल्दैन, जसका कारण सेवामा केही ढिला भएको अस्पतालले जनाएको छ । डा गौतमले प्रति मनिटर १ लाख ४० हजार बढीमा एक सय संख्यामा खरिद गरेका थिए । तर, कुनै पनि मनिटर राख्ने ठाउँ छैन ।

वीर अस्पतालको कोभिड युनिफाइड केन्द्रीय अस्पतालमा प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र कुमार बस्नेतले मनिटरको व्यवस्थापन गर्ने क्रम सुरु भएको बताए । ‘आइसियु, एचडियु सबैमा मनिटर आवश्यक पर्छ तर, वीरको नयाँ भवनमा वालमा मनिटर राख्नेगरी पार्टेसन भएको छैन’, उनले भने ।

वीर अस्पतालका अधिकारीहरु अस्पतालको स्टक्चरबारे जानकारी नराखी मनिटर खरिद गर्नुनै गम्भीर गल्ती भएको बताएका छन् । प्रशासकीय अधिकारी डा. बस्नेतले स्टेन्ट नयाँ बनाएर मात्रै जडान गर्न सकिने बताए । त्यसका लागि धमाधम काम भइरहेको छ । ती मनिटर १० दिन अगाडि आइपुगेका हुन् । आइसियू, एचडीयूका लागि मनिटर पर्याप्त भएपनि जडान गर्न सकिएको छैन । यसले कयौ बिरामीहरु सेवा लिनबाट बन्चित भएका छन् । तर, सामान्य बेडमा भने कुनै समस्या छैन ।

डा. बस्नेतकाअनुसार आइतबार वीर अस्पतालमा ९९ जना कोरोना संक्रमित भर्ना भएका छन् । उनीहरुमध्ये १७ जना आइसियूमा भर्ना छन् । यस अगाडि सस्तो लोकप्रियका लागि डा. जागेश्वर गौतमले आफ्नो कार्यकालमा वीर अस्पतालमा तीन दिनमा एक सय बेड आइसियू चलाउने तयारी पूरा भएको बताएका थिए । तर, उनले ल्याएका मनिटर जडान गर्न नमिलेपछि गौतममामि प्रश्न उब्जिएको छ ।

हाल ९ देखि ५ बजे सम्म संचालन हुदै आएको पिसिआर परिक्षणलाई नयाँ भवनमा सारेर २४ सै घण्टा सेवा दिने डा. बस्नेतले बताए । जाइका भवनमा राखिएका कोरोना संक्रमितलाई पनि नयाँ भवनमा सारेर सेवा दिइने भइएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com