चिया पसलमै किन्न पाइन्छ कोभिड खोप कार्ड

खोप कार्ड बेच्ने चिया पसले तामाङ कालीमाटी प्रहरीको नियन्त्रणमा


काठमाडौं । प्रहरीले टेकुको चिया पसलबाटै खोप कार्ड र नगदसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ । कालीमाटी प्रहरीले खोप कार्ड दुरुपयोग गर्ने रेशम तामाङलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शिशिर श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार कालीमाटी प्रहरीले विशेष सूचनाको आधारमा अहिले बेलुका  टेकुस्थितमा चियापसलबाट तामाङलाई पक्राउ गरेको हो । प्रहरी जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका स्थायी घर भएका रेशम तामाङले सञ्चालन गरेको चिया पसलमा खानतलासी गर्ने क्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बितरण हुँदै आएको कोभिड-१९ विरुद्धको खोप कार्ड फेला पारेको हो ।

खोप कार्डहरु दुरुपयोग गरेर नक्कली दस्तखत गरी विभिन्न व्यक्तीहरुको नाउँको खोप कार्ड बनाई राखेको अवस्थामा प्रहरीले पसल सञ्चाक तामाङलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीको साथबाट कोभिड-१९ विरुद्धको खोप कार्ड थान ५, विभिन्न व्यक्तिको नाम उल्लेख भएको कोभड-१९ भ्याक्सिन सर्टिफिकेट ३ पाना,  राहदानी थान १, ल्यापटप थान १ र नगद रु. एक लाख सन्तानब्बे हजार फेला पारेको छ । उक्त खोप कार्ड, नगद, ल्यापटप, राहदानीसहित निज तामाङलाई पक्राउ गरी अन्य अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com