के तपाईंमा बच्चा नहुने समस्या छ ? वात्सल्य आईभीएफले देशका तीन सहरमा स्वास्थ्य शिविर गर्दै छ


काठमाडौं ।    वात्सल्य नेचुरल आईभीएफले आफ्नो स्थापनाको छैठौं वार्षिकोत्सवको अवसरमा देशका मुख्य तीन सहरहरुमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । वात्सल्यले निःसन्तान सम्बन्धी संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको छ ।

वात्सल्य क्लिनिकले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै प्रजनन् सम्बन्धि आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच बढोस् भन्ने उद्देश्यले पोखरा, बिर्तामोड र नेपालगन्जमा एक दिने स्वास्थ्य शिविरको आयोजना गर्न लागेको विज्ञप्ती मार्फत जनाएको छ ।

आधुनिक उपचार विधिबाट ७० प्रतिशत सम्मको आईभीएफ सफलता दर हासिल गर्दै आएको वात्सल्य आईभीएफले कृष्ण जन्माष्टमी को दिन आफ्नो छैठौं वार्षिकोत्सव मनाएकाे हाे ।

हाल सम्म वात्सल्य क्लिनिकले २५ सय भन्दाबढी दम्पतिलाई सन्तान प्राप्तिको खुशी दिइसकेको बताएको विज्ञप्तिमा भनिएको छ ।  साथै  प्रजनन् उपचारमा काठमाडौं बाहिरका दम्पतिको पनि पहुँच बढाउन भन्ने उदेश्यले देशका तीन प्रमुख शहरहरुमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको हाे ।  शिविरमा वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डाक्टर आकृति भारतीको संलग्नता रहने छ ।

शिविर कहाँ कहाँ हुुदैछ

वात्सल्यले बताए अनुसार  भाद्र ४ गते मेघा हेल्थकेयर, सभागगृह चौक, पोखरामा त्यस्तै भाद्र ११ गते निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक, विर्तामोड, झापामा र भाद्र १८ गते वात्सल्य हेल्थकेयर, नेपालगंज शाखामा बिहा १० बजेदेखि हुदैछ ।

शिविरमा सेवाग्राहीहरुले आफ्नो प्रजनन् अवस्था सम्बन्धि छलफल गर्न तथा नि:सन्तान हुनुको कारण पहिचान गर्न सक्ने छन् भने सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्नेछन्। पूर्ण परीक्षण पश्चात आईभीएफ नै गर्नुपर्ने भएमा विशेष छुटको व्यवस्था  गरिएको छ।  शिविरका लागि नाम दर्ताका गर्न सम्पर्क ९८०१८२३४०१/९८०२३२०९९१ सम्पर्क गर्न भनिएकाे छ ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com