वीरगञ्ज महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए


काठमाडौं। सरकारले वीरगञ्ज महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले दुबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरूवा गरेको हो।

वीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा गरेको हो। त्यस्तै हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीको अर्थ मन्त्रालय वा अन्तर्गत सरूवा गरेको हो।

वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकाललाई सरूवा गरिएको छ। त्यसैगरी हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सूचना तथा सञ्चार मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रविलात शर्मालाई पठाइएको हो। जिम्मेवारीका हिसाबले महत्त्वपूर्ण जिम्मेवारी रहेका ढकाल र शर्मालाई पालिकामा पठाइएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ