साढे सात महिनामै हटे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ढकाल
काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकाल साढे सात महिनामै हटेका छन्। बैशाखको तेस्रो हप्ता विभागको महानिर्देशक बनेका ढकाल वीरगञ्ज महानगरपालिकामा सरूवा भएका हुन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको उपमहानिर्देशक बनेर लामो समय काम गरेका ढकाल गजेन्द्रकुमार ठाकुर हटेपछि महानिर्देशक बनेका थिए। विभागले प्रभावकारी भूमिका खेल्न नसकेपछि महानिर्देशक ढकाल वीरगञ्ज महानगरपालिका पठाइएको बताइन्छ। वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तकुमार बोहरा भने भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत सरूवा भएका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस