हरिबोधिनी एकादशी कै दिन पक्राउ खाए एकनारायण अर्यालले


काठमाडौं। एकादशीमा नारायणको विशेष पूजा गर्ने गरिन्छ। आज नारायणको विशेष दिन मानिने हरिबोधिनी एकादशीका (ठूलो एकादशी)का दिन पूर्वमुख्यसचिव एकनारायण अर्यालले पक्राउ खाएका छन्। नारायणमा पनि एक रहेका एकनारायण अर्याल हरिबोधिनी एकादशीका दिन प्रहरीको हिरासतमा पुगेका हुन्।

भगवान नारायणलाई सत्कर्म र मर्यादामा बस्ने भगवान मानिन्छ। तर उनकै नाम राखेर मर्यादामा नबसी श्रमिक ठग्ने कार्यका संलग्न एकनारायणले एकादशी कै दिन बिहान पक्राउ खाएका छन्। श्रमिक ठगी तथा संगठित अपराधमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल सिआईबीको खोजी सूचीमा थिए। पक्राउ पूर्जी जारी गर्नुभन्दा अगाडि नै उनी भारत पुगेका थिए। प्रहरीले जसरी पनि पक्राउ गर्ने योजना बनाएपछि उनले पक्राउ खाएका हुन्।

स्वास्थ्य व्यवसायी कैलाश खड्काका विशेष मान्छे एकनारायण डेढ वर्ष बढी श्रम सचिवमा टिक्न सफल भएका थिए। उक्त अवधिमा खड्का समूहको श्रमिक ठग्ने अभियानका सेवक बनेका एकनारायणले अन्ततः पक्राउ खाएका छन्। ‘भारत मिलाउछु’ भन्ने एकनारायण भारततिरै पुगेपनि प्रहरीको नियन्त्रणमा पुगेका हुन्।

शेरबहादुर कुँवर श्रममन्त्री हुँदा उक्त मन्त्रालय एकनारायणले नै चलाएका थिए। कुँवर र तत्कालीन श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले पक्राउ खादा एकनारायण फरार थिए। प्रहरीले एकनारायणलाई पक्रिएर ३ जनालाई नै एकै ठाउँमा बस्ने वातावरण मिलाइदिएको छ। मिडिया म्यानेजमेन्टमा खप्पिस ढोंगी एकनारायण पक्राउ खादा हल्लिचल्ली मचिएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ