सामान्यले पार्टीका कर्मचारी नेतालाई उपत्यकाबाहिर पठायो, महालेखाको सरूवामा शंका
समाचार टिप्पणी
काठमाडौं। भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पार्टीमा लागेका कर्मचारी नेताहरूलाई काठमाडौं उपत्यका बाहिर पठाएको छ। सामान्यले एमाले, कांग्रेस, नेकपा निकट कर्मचारीका नेताहरूलाई गृह मन्त्रालय हुँदै उपत्यका बाहिर पठाएको हो। कांग्रेस निकट कर्मचारी नेता उत्तम कटुवालदेखि एमाले निकट कर्मचारी नेतालाई गृह मन्त्रालयले उपत्यका बाहिर इलाका प्रशासन कार्यालयमा पठाएको छ। सामान्य र गृहको उक्त मोडललाई महालेखा नियन्त्रक कार्यालयले कसरी आत्मसात गर्छ हेर्न बाँकी छ।
महालेखाले लेखा अधिकृत सरूवा गर्दा नेताहरूलाई सामान्य र गृहको मोडल खासै प्रयोग गरेको पाइँदैन। एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारी रामचन्द्र अधिकारी बैतडीको इलाका प्रशासन कार्यालय मेलौली पुगेका छन्। सामान्यको स्टोरमा बसेर लामो समय रजगज गरेका अधिकारी बैतडी पुग्दा महालेखा नियन्त्रक कार्यालयको स्टोरमा रजगज गरेका हेमचन्द्र कार्की अझै काठमाडौंमै भेटिन्छन्। हेमचन्द्र कार्की, रविन कोइराला, ज्ञानेन्द्र ओझाहरूको किम्ची गठबन्धन अझै पनि सक्रिय भइरहेको छ।
रामचन्द्रको आडमा महालेखा नियन्त्रकमा संगठनका नेता भएर रजगज गरेका कार्की सेटिङ मिलाएर राष्ट्रिय खोप उत्पादन प्रयोगशाला जस्तो आकर्षक कार्यालय पुगे। लेखापाल कार्की ४ वर्ष बढी महालेखाको स्टोरमा रजगज गरेर प्रयोगशाला पुगेको पनि दुई वर्ष बढी भइसकेको छ। रामचन्द्र बैतडी पुग्दा उनकै आडमा महालेखा नियन्त्रक कार्यालयमा रजगज गरेका हेमचन्द्र खोपमा खेलिरहेका हुन्।
महालेखामा रविन कोइराला, हेमचन्द्र, निरज केसी, दिनेश रेग्मी, ज्ञानेन्द्र ओझाहरूको एक छत्र राज हुँदै आएको थियो। साठ्ठीसाले लेखा अधिकृतको समूहलाई प्रयोग गरेर हेमचन्द्र राम्रै लाभ लिन सफल भए। उनी खोजेरै राष्ट्रिय खोप उत्पादन प्रयोगशाला गएका हुन्। सिन्धुलीका कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख रविन कोइराला लगायतसँग किम्चीमा बसेर हेमचन्द्रको समूहले अझै लेखाको सरूवामा प्रभाव पारिरहेको चर्चा चल्न थालेको हो। हेमचन्द्र जस्ता कर्मचारी नेता भएर प्रत्यक्ष अप्रत्यक्ष लाभ लिएका कर्मचारीलाई महालेखा नियन्त्रक कार्यालयले कहाँ सरूवा गर्छ त्यसले उक्त सरूवाको स्थिति निर्धारण गर्ने देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस