सीसीएनएएनको अध्यक्षमा पौडेल, महासचिवमा अमात्य
काठमाडौं। क्रिटिकल केयर नर्सेस एसोसिएसन नेपाल (सीसीएनएएन) को अध्यक्षमा बरुणा पौडेल र महासचिवमा समिना अमात्य निर्वाचित भएकी छन्। उनीहरू दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्।
सीसीएनएएनको उपाध्यक्षमा प्रभा गौतम, सहसचिवमा मेनुका कार्की र कोषाध्यक्षमा गायत्री पौडेल निर्वाचित भएका छन्। सहकोषाध्यक्षमा निशा भण्डारी विजयी भएकी हुन्। नवनिर्वाचित कार्यसमितिको सदस्यमा सबिता कार्की, बिना भट्टराई, एलिसा गुभाजु र रोशनी श्रेष्ठ निर्वाचित भएका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस