कञ्चनपुरमा मलेरियाबाट एकजनाको मृत्यु

किन लुकायो सरकारले ?


काठमाडौं । कञ्चनपुर भिमदत्त नगरपालिका-९ मा एकजना बृद्धको मलेरियाबाट मृत्यु भएको पाइएको छ । भदाैमा उनकाे मृत्यु भएकाे सुदुरपश्चिम प्रदेशका मलेरिया फाेकल पर्सन हेमराज जाेशीले बताए  । तर, उक्त घटना सरकारले लुकाएकाे छ ।

सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टे टोकाइबाट सर्दछ ।

स्वास्थ्य लाइभले ७० वर्षिय बृद्धको मृत्यु भएकाे सूचना फेला पारेकाे छ । नाम भने अधिकारीहरुले खुलाउन चाहेनन्।इपिडिमियाेलाेजि तथा राेग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पाैडेललाई जानकारी लिन सम्पर्क गर्दा सम्पर्कमा आएनन् । सरकारले मलेरियाबाट मृत्यु हुनेको संख्याबाहिर ल्याउन नचाहेको सरकारी अधिकारीहरू बताउँछन् ।

सन् २०१६ मन ३ र सन् २०१७ मा २ जनाकाे मृत्यु भएकाे थियाे । चार वर्षपछि मलेरियाले मृत्यु भएकाे याे पहिलाे केस हाे । इपिडिमोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०१८ देखि २०२२ सम्ममा स्थानीयस्तरमा औलो रोग ९० प्रतिशतले घटाउने लक्ष्य छ ।

औलोको लक्षण

🔴संक्रमित लामखुट्टेले टोकेको १० देखि १५ दिन सम्म ज्वरो आउनु

🔴टाउको दुख्नु, वान्ता हुने, जोर्नी दुख्ने

🔴शरीरमा रगतको मात्रा कम हुने

🔴शरीरका भित्री अंग सुनिने

🔴थकित महसुस हुने

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com