बालेन सरकारलाई कोशीमा प्रदेश प्रमुख नियुक्ति गर्ने अवसर


काठमाडौं। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई कोशी प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने अवसर आएको छ। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ ५ वर्षे कार्यकाल पूरा गरेर घर गएसँगै बालेन सरकारलाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने अवसर आएको हो। सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने व्यवस्था छ। उक्त व्यवस्था अनुसार बालेन सरकारलाई कोशीमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने अवसर आएको हो।

कोशी प्रदेश प्रधानमन्त्री बालेनलाई प्रतिनिधिसभामा निर्वाचित गराएको प्रदेश हो। सरकारको इच्छा बमोजिम फेरिरहने प्रदेश प्रमुखमा खापुङले पूरा कार्यकाल बिताएर बिदा भएका छन्। उक्त ठाउँमा बालेनले सुयोग्य व्यक्तिलाई प्रदेश प्रमुख बनाउने अवसर आएको छ। विगतमा प्रदेश प्रमुख सरकार फेरबदल विवादमा मुछिदै आएका थिए। बलत्कार मुद्दामा जेल जीवन विताइरहेका डा. राजेश झा अहिराज पनि प्रदेश प्रमुख नै हुन्। सार्वजनिक विवादमा नपरेका र सामाजमा धेरैले स्वीकार्न सक्ने व्यक्तिलाई प्रदेश प्रमुख बनाउन सके मात्र प्रदेशको मान बढ्ने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ