देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ
भैरहवा । रूपन्देहीमा देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई बुधबार राति करिब १२:०५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवार बजारबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानमा आयोजित देउसीभैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस