एकैपटक उच्चमा नियुक्त भएका ८ न्यायाधीश पुगे सर्वाेच्चमा
काठमाडौं। एकैपटक उच्च अदालतको न्यायाधीश नियुक्त भएका ८ जना सर्वोच्च अदालतमा पुगेका छन्। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशको नाम अनुमोदन गरेसँगै एकैपटक उच्चमा नियुक्त भएका ८ न्यायाधीश सर्वाेच्चमा पुगेका हुन्।
संविधान जारी भएपछि उच्च अदालतमा ८० न्यायाधीश नियुक्त भएका थिए। २०७३ पुसमा उच्च अदालतमा नियुक्त भएका ८० न्यायाधीशमध्ये ८ जना सर्वोच्च अदालतमा पुग्न सफल भएका छन्। यसअघि नै महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, नित्यानन्द पाण्डे, श्रीकान्त पौडेल र शान्ति सिंह थापा सर्वोच्च अदालतमा पुगिसकेका छन्। अहिले चन्द्रबहादुर सारू, जनक पाण्डे, गोकर्ण डाँगी सर्वोच्चमा थपिएका हुन्।
महेश सरकारी वकिल विशिष्ट , ढुंगाना कानुन सचिव र श्रीकान्त सर्वोच्च अदालतको रजिष्ट्रारबाट उच्च हुँदै सर्वोच्च पुगेका हुन्। नित्यानन्द र शान्ति कानुन व्यवसायीबाट उच्च हुँदै सर्वोच्च पुगेका थिए। अहिले सर्वोच्चमा अनुमोदन भएका सारू जिल्ला न्यायाधीशबाट उच्च हुँदै आएका हुन्। पाण्डे र डाँगी कानुन व्यवसायीबाट उच्च हुँदै सर्वोच्च पुग्न सफल भएका छन्।
उच्चमा बाँकी भएका न्यायाधीशहरू
१, राजेश्वर तिवारी मुख्य न्यायाधीश
न्यायाधीशहरू
१, श्री दिनेशप्रसाद यादव
२, श्री कृष्णलाल भट्टराई
३, श्री यमुना भट्टराई
४, श्री टेकनारायण कुँवर
५, श्री विपुल न्यौपाने
६, श्री नातिबावु लामिछाने
७, श्री गणेशप्रसाद बराल
८, श्री सुर्दशन देव भट्ट
९, श्री सुवास पौडेल
१०, श्री बामदेव ज्ञवाली
११, श्री श्यामजी प्रधान
१२, श्री बासुदेव आचार्य
१३, श्री खुशी प्रसाद थारु
१४, श्री मुनेन्द्रप्रसाद अवस्थी
१५, श्री मदन पोख्रेल
१६, श्री शान्ता सेढाई सापकोटा
१७, श्री ध्रुवराज नन्द
१८, श्री दुर्गाबहादुर विश्वकर्मा
१९, श्री टंक प्रसाद गुरुङ
२०, श्री हरिप्रसाद पौडेल
२१, श्री तेज नारायण सिंह राई ,
२२, श्री बबिता उप्रेती
२३, श्री रामबहादुर थापा
२४, श्री शकुन्तला घिमिरे
२५, श्री दिपेन्द्र बहादुर बम
२६, श्री राज्यलक्ष्मी बज्राचार्य
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस