महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति गठन गर्न पत्राचार 


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति गठन गर्न पत्रचार गरेको छ । मन्त्रालयले सबै प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको हो ।

मन्त्रालयले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ ( पहिलो संशोधन (२०७६)अनुसार सबै प्रदेश र स्थानीय तहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति गठन गर्न आग्रह गरेको हो । स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामार्फत भएको पत्रकारमा उक्त समिति गठन गर्न आग्रह गरिएको छ ।

साथै महाशाखाले प्रदेश मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, स्थानीय तह र मातहातको स्वास्थ्य संस्थामा समेत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमको फोकल पर्सन तोकी सोको विवरण पठाउन अनुरोध गरेको छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com