बन्द गर्ने घोषणा भएको छेन्दुका महावाणिज्यदूत राउत जोगिए, तारा र पार्वती फिर्ता आए
काठमाडौं। बजेट भाषणमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले चीनको छेन्दुस्थित महावाणिज्यदूतावास बन्द गर्ने घोषणा गरेका थिए। उक्त नियोग बन्द गर्ने भनेपछि महावाणिज्यदूत सुरेश राउतको जागिर धरापमा परेको थियो। तर, ठ्याक्कै उल्टो भयो। बन्द गर्ने घोषणा भएको छेन्दुका महावाणिज्यदूत राउत जोगिएका छन्। बरू तारानाथ अधिकारी र पार्वती अर्याल फिर्ता आएका हुन्।
तारानाथ अधिकारी भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासको इकोनोमिक मिनिस्टरको भूमिकामा थिए। त्यस्तै चीनको बेइजिङस्थित नेपाली राजदूतावासको इकोनोमिक मिनिस्टरको भूमिकामा पार्वती अर्याल रहकी थिइन्। परराष्ट्र मन्त्रालयको पछिल्लो व्यवस्थापन तथा संगठन सर्वेक्षण (ओएन्डएम)मा नेपाल प्रशासन सेवाको सहसचिवको दरबन्दी रहेको दिल्ली र बेइजिङस्थित राजदूतावासको दरबन्दी कटौतीमा पऱ्यो। उक्त दरबन्दी कटौतीमा परेसँगै तारा र पार्वती स्वदेश फिर्ता आएका हुन्।
फिर्ता हुनका लागि तयार भइसकेका छेन्दुका महावाणिज्यदूत राउतको जागिर जोगिएको छ। एक्कासी तारा र पार्वती फिर्ता भएका छन्। राउतको रातारात ‘भाग्य’ चन्किएको हो। तर छेन्दुको महावापिज्यदूतावास र सहसचिव कार्यालय प्रमुख राख्ने विषयमा भने समीक्षा गर्न आवश्यक रहेको परराष्ट्रका अधिकारीहरू बताउँछन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस