५५ वर्षे ‘खड्गो’मा परेका प्रमुख जिल्ला अधिकारीहरू
काठमाडौं। सरकारले ५५ वर्ष पूरा भएका कर्मचारीलाई बिदा गर्ने तयारी गरिरहेको छ। संसद् सचिवालयमा दर्ता भएको विधेयकमा ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर पूरा भएका कर्मचारीलाई अवकाश दिने प्रस्ताव गरेको छ। सरकारले अध्यादेश मार्फत् उक्त कानुन ल्याउने जोखिम पनि उत्तिकै देखिन्छ। ५५ वर्षे ‘खड्गो’मा करिब डेढ दर्जन प्रमुख जिल्ला अधिकारी (सिडिओ) परेको पाइन्छ। झापादेखि कञ्चनपुरसम्म सहसचिव सिडिओ ५५ वर्ष पूरा भइसकेका छन्। ५५ वर्षे ‘खड्गो’ले यी सहसचिव सिडिओहरू एकैपटक घर जाने देखिन्छ।
झापाका सिडिओ श्रवणकुमार पोखरेल, कञ्चनपुरका सिडिओ मदन कोइराला, चितवनका सिडिओ गणेश अर्याल, मकवानपुरका सिडिओ बसन्त अधिकारी, तनहुँका सिडिओ शिवलाल तिवारी, पाँचथरका सिडिओ बासुदेव दाहाल, कैलालीका सिडिओ हिरालाल रेग्मी, नवलपरासी पश्चिमका सिडिओ दिपकराज नेपाल र रूपन्देहीका सिडिओ विश्वप्रकाश अर्याल ५५ वर्ष पूरा भइसकेका छन्।
त्यस्तै अर्घाखाँचीका सिडिओ विष्णुप्रसाद ज्ञवाली, पाल्पाका सिडिओ भविश्वर पाण्डे, उदयपुरका सिडिओ कृष्णबहादुर शाही, बागलुङका सिडिओ कृष्णप्रसाद आचार्य, लमजुङका सिडिओ कृष्णप्रसाद खनाल, सुर्खेतका सिडिओ महेन्द्रकुमार सापकोटा र नुवाकोटका सिडिओ शम्भुप्रसाद रेग्मी ५५ वर्ष पूरा भइसकेका हुन्। ५५ वर्ष पूरा भएका कर्मचारीलाई घर पठाउदा यी सिडिओहरू एकैपटक घर जाने देखिन्छ।
नवलपरासी पश्चिमका सिडिओ दिपकराज नेपाल, पाँचथरका सिडिओ बासुदेव दाहाल, बागलुङका सिडिओ कृष्णप्रसाद आचार्य, मकवानपुरका सिडिओ बसन्त अधिकारी, कञ्चनपुरका सिडिओ मदन कोइराला र उदयपुरका सिडिओ कृष्णबहादुर शाही ५८ वर्ष पूरा भएर चालू आर्थिक वर्षभित्रै अवकाशमा जाने सूचीमा छन्। ५५ वर्षे प्रावधान थपिए थप एक दर्जन जिल्लाका सिडिओ घर जाने अवस्थामामा छन्।
५५ वर्ष पूरा भएका सिडिओहरू
🛑बसन्त अधिकारी
🛑शिवलाल तिवारी
🛑बासुदेव दाहाल
🛑हिरालाल रेग्मी
🛑दिपकराज नेपाल
🛑गणेश अर्याल
🛑विश्वप्रकाश अर्याल
🛑मदन कोइराला
🛑श्रवणकुमार पोखरेल
🛑विष्णुप्रसाद ज्ञवाली
🛑भविश्वर पाण्डे
🛑कृष्णबहादुर शाही
🛑कृष्णप्रसाद आचार्य
🛑गंगाबहादुर क्षेत्री
🛑कृष्णप्रसाद खनाल
🛑महेन्द्रकुमार सापकोटा
🛑शम्भुप्रसाद रेग्मी
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस