कोशी र गण्डकीको खेलकुदका पदाधिकारी एकै समयमा चैट!
काठमाडौं। कोशी प्रदेश र गण्डकी प्रदेशको खेलकुदका पदाधिकारीको पद समयमा चैट भएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डमा उपाध्यक्ष बसन्तराज अर्याल र गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्मा एकै समयमा चैट भए हो। दुबै प्रदेशका खेलकुदका पदाधिकारी भ्रष्टाचारजन्य कसूरका कारण जिम्मेवारीबाट हटेका छन्।
कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल करिब साढे ७३ करोडको भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन्। ‘रिजाल क्यानिङ एन्ड कम्पनी’को जग्गा सट्टापट्टा र बिक्री गर्न दिएर राज्यकोषमा हानिनोक्सानी पुऱ्याएको अभियोगमा अर्यालविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। तर, तत्कालीन कृषि विकास कार्यालयका योजना अधिकृत अर्याल पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै भ्रष्टाचार मुद्दामा डामिएका हुन्। भ्रष्टाचार मुद्दा लागेपछि कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष अर्याल स्वतः निलम्बनमा परेका छन्। उनी निलम्बित भएपछि उपाध्यक्ष पद निष्क्रिय भएको हो।
यता पदक वितरण घोटालालाई लिएर गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माको पद चैट भएको छ। खेलकुद पदक तथा नगद पुरस्कार वितरणमा अनियमितता गरेको आरोपमा प्रदेश सरकारले पदमुक्त गरेको हो। कोशी प्रदेशको खेलकुदका उपाध्यक्ष अर्याल निलम्बनमा पर्दा गण्डकी प्रदेश खेलकुदका सदस्यसचिव शर्माको जागिर चैट भएको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस