काठमाडौंका मेयर शाक्यको नाटक मञ्चन: स्वास्थ्य मन्त्रालय अगाडिको ‘पुरानो’ आकाशे पुलमा नाम लेखाए


काठमाडौं । स्वास्थ्य मन्त्रालय अगाडि निकै पहिलादेखि प्रयोगमा आएको आकाशे पुल उद्‌घाटन गरेर काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले नाटक मञ्चन गरेका छन् । एकवर्ष अगाडिदेखि प्रयोगमा आएको राष्ट्रिय अभिलेखालय र स्वास्थ्य मन्त्रालयकोबीचमा रहेको उक्त आकाशे पुल मेयर शाक्यले आज उद्‌घाटन गरेका हुन् ।

स्थानीय तहको चुनाव बैशाख ३० गते हुने गरी सरकारले मिति तोकेर निर्वाचन आयोगले प्रक्रिया अघि बढाएपछि मेयर शाक्य आफ्नो नाम लेखाउन केन्द्रित देखिन्छन् । महानगरभित्र बनेका पुराना संरचना पनि उद्‌घाटन गर्दै भित्तामा आफ्नो नाम टाँस्ने दौडधुपमा उनी लागेका छन् ।  आजमात्रै माइतीघरमा प्रयोगमा रहेको उक्त आकाशे पुलमा मेयर शाक्यले आफ्नो नाम लेखाएका छन् ।

मेयर भएदेखि अहिलेसम्म उदाहरणीय र जनताले अनुभूत गर्ने खालको काम गर्न नसकेका शाक्यले वसन्तपुर लगायतका ऐतिहासिक ठाउँमा कंक्रिट संरचना बनाएर विवादमा तानिएका छन् । मेयर शाक्य विवादित संरचना बनाउँदै हिँड्ने र उपमेयर हरिप्रभा खड्गी त्यसलाई रोक्दै जाने दिनचर्या नै बनेको छ ।

स्वास्थ्य मन्त्रालय तर्फको बाटो प्रयोग गरेर हिँड्ने मान्छेहरूले निकै लामोसमयदेखि प्रयोग गर्दै आएको रामशाहपथको आकाशे पुल उद्‌घाटन गरेपछि मेयर शाक्य चर्चा बटुल्न लागेको प्रस्ट हुन्छ ।

लैनचौरदेखि रानीपोखरीसम्मका सम्पदामा डोजर लगाएका विवादमा आएका मेयर शाक्य अहिले भने नाम लेखाउँदै हिँड्नमा व्यस्त छन् ।

क्याटेगोरी : जीवनशैली, प्रदेश
ट्याग : #आकाशे पुल, #काठमाडौं महानगरपालिका, #मेयर विद्या सुन्दर शाक्य, #रामशाह पथ, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com