मुटु–कलेजोको शल्यक्रिया गरेर मात्रै सरकारको उपलब्धि हुँदैन : डा. शेर्पा
काठमाडौं । स्वास्थ्य क्षेत्रका ज्ञाता तथा स्वास्थ्य सेवा बिभागका पुर्व महानिर्देशक डा मिङ्मार गेल्जेन शेर्पाले मुटु, कलेजोलगायतका जटिल शल्यक्रिया तथा विभिन्न प्रकारका प्रत्यारोपण हुँदैमा स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको मान्न नसकिने बताएका छन् ।
स्वास्थ्य लाइभसँगको विशेष अन्तर्वार्तामा उनले केही शल्यक्रियामा राज्यको उपलब्धि मान्न नहुने बताए । संघीय संरचनामा देश गए पनि स्वास्थ्य क्षेत्रमा पर्याप्त ध्यान पुग्न नसकेको उनले बताए। समुदाय तहमा नागरिकले स्वास्थ्य सेवाको लाभ लिन नसक्दासम्म स्वास्थ्यमा परिवर्तन आएको कुरा गर्नुको अर्थ नरहने उनको भनाइ छ।
राजनीतिमा परिवर्तन आए पनि स्वास्थ्यकर्मी तथा कर्मचारीतन्त्रमा अपेक्षित परिवर्तन आउन नसकेको भन्दै उनले अस्पतालको गेटअगाडि गर्भवती महिला सुत्केरी हुनुपर्ने अवस्था त्यसकै उदाहरण भएको बताए।
विगतदेखि सीमित विज्ञको घेरामै नेतृत्व निर्भर रहँदा स्वास्थ्य क्षेत्रका वास्तविक समस्या पहिचान गर्नसमेत कठिन भएको उनको भनाइ छ। सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा समेट्न सके मात्रै त्यसलाई वास्तविक उपलब्धि मान्न सकिने उनले बताए।
डा. शेर्पासँग स्वास्थ्य सुधारका विभिन्न विषयमा केन्द्रित भएर लिएको पूरा अन्तर्वार्ता स्वास्थ्य लाइभमा हेर्न सक्नुहुन्छ।
क्याटेगोरी : Videos, समाचार, सार्वजनिक सरोकारट्याग : ## अन्तर्वार्ता, ##डा मिङ्मार गेल्जेन शेर्पा


तपाईको प्रतिक्रिया दिनुहोस