सहसचिव लामिछाने सामान्यको जगेडाबाटै घर गए, ढकाल जाने तयारीमा


काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव रूद्रप्रसाद लामिछाने अनिवार्य अवकाशमा गएका छन्। ५८ वर्ष पूरा भएर सहसचिव लामिछाने सामान्यको जगेडाबाटै घर गएका हुन्।

सामान्यको जगेडामा रहेका अर्का सहसचिव सुशील ढकाल मंसिर ११ गते घर जाने तयारीमा छन्। उनी पनि ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्। तिहारपछि उनी घर जाने तयारीमा छन्।

सामान्यको जगेडामा रहेका सहसचिव लामिछाने घर गइसकेका छन्। ढकालको दिनगन्ती सुरू भइसकेको छ। सामान्यको जगेडामा रहेका अर्का सहसचिव गोविन्दप्रसाद अधिकारी ३०-५५ लागू हुने दिनको प्रतीक्षामा रहेकाे देखिन्छ।

सामान्यको जगेडाबाट सहसचिव पुष्पराज शाही धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएका छन्। सरूवाविरूद्ध प्रशासकीय अदालतमा पुगेका शाहीलाई धरान उपमहानगरपालिका पठाउन बाटो खुला गरिदिएको छ। तर, अदालतमा गएर मुद्दा हाल्ने शाहीलाई सामान्यले धरान उपमहानगरपालिकामा खटाउन सकेको देखिँदैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ