आईजीपीको जिम्मेवारी डा. केसीलाई, आईजीपी कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
काठमाडौं। सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) जिम्मेवारी डा. मनोज केसीलाई दिएको छ। आईजीपीको भूमिका रहेका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाएर केसीलाई आईजीपीको जिम्मेवारी दिइएको हो।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई आईजीपी र कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गरेको हो। केसी र कार्की एकैपटक एआईजी भएका थिए। आईजीमा कार्कीले बाजी मारेका थिए। एकवर्षपछि केसी आईजी बन्न सफल भएका छन्। कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाएर उचित व्यवस्थापन गरिएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस