माधव नेपाल र मिनेन्द्र रिजालविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वसञ्चारमन्त्री मिनेन्द्रप्रसाद रिजालविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज)को हदबन्दीभन्दा धेरै जग्गा बेचबिखन प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ। तत्कालीन प्रधानमन्त्री नेपाल र उक्त क्याविनेटका मन्त्री रिजालसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको हो। हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषद्बाटै निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री भएको अख्तियारको आरोप छ। उक्त मुद्दा विशेष अदालतमा पुगेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस