गृहको जगेमा रहेका दुई सहसचिव


काठमाडौं। गृह मन्त्रालयको जगेडामा २ सहसचिव रहेका छन्। गृहको जगेडामा प्रदीपकुमार कोइराला र बिनु बज्राचार्य कुँवर रहेका छन्। यिनीहरूमध्ये कोइराला ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट गृह मन्त्रालयको जगेडामा आएका सहसचिव प्रदीपकुमार कोइराला माघ ५ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। सचिव बढुवाको मुखमा रहेका कोइराला सहसचिवबाटै घर जान लागेका हुन्।

त्यस्तै रामेछापको प्रमुख जिल्ला अधिकारी (सिडिओ)बाट तानिएकी बिनु गृहको जगेडामा थन्किएकी छिन्। उनलाई फेरि सिडिओ दिने सम्भावना निकै कम देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ