इनम प्रकरणमा मुछिएका न्यायाधीश फुयाँलले तिहार अगाडि मुद्दा नहेर्ने


काठमाडौं। बिचौलिया इनम सापकाेटा प्रकरणमा मुछिएका सर्वाेच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले तिहार अगाडि मुद्दा नहेर्ने भएका छन्। सर्वोच्च अदालत प्रशासनका अनुसार न्यायाधीश फुयाँलले आजदेखि ३० गतेसम्मका लागि बिदा स्वीकृत गराएर बसेका हुन्। २० गतेदेखि तिहार बिदा हुने भएकाले उनले तिहार अगाडि मुद्दा हेर्ने सम्भावना छैन।

इनम प्रकरणमा मुछिएका सर्वाेच्च न्यायाधीश फुयाँलविरूद्ध महाभियोग लगाउने गृहकार्यमा राष्ट्रिय स्वतन्त्र पार्टी लागेको छ। उक्त विषयमा चरणबद्ध रुपमा छलफल भइरहेको चर्चा छ। विवादमा तानिएका न्यायाधीश मुद्दाबाट अलग हुनुपर्ने बहस चलिरहँदा न्यायाधीश फुयाँल ३ दिन बिदामा बसेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ