न्यायाधीशबारे प्रकाशित समाचारप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण
काठमाडौं। सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। सोमबार बसेको बैठकले संविधान र कानुनको सर्वोच्चताप्रति आफूहरू प्रतिबद्ध रहेको जनाउँदै प्रकाशित समाचारबारे निष्पक्ष र स्वतन्त्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो।
साथै, छानबिनको निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

सर्वोच्चले प्रकाशित समाचारबाट विचलित नभई न्यायिक कार्यमा सक्रिय रहन देशभरका अदालतमा कार्यरत न्यायाधीश तथा कर्मचारीलाई समेत आग्रह गरेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस