स्वयम्भूको कर्मराजा महाबिहारका थुनिएका मूर्ति खोलेर हेरियो, ४५ थान मूर्ति भेटिए


काठमाडौं। स्वयम्भूको कर्मराजा महाबिहारमा थुनेर राखिएका पुराना मूर्ति खोलेर हेरिएको छ। भूकम्पले उक्त महाबिहार भत्किएपछि पुराना मूर्ति थुनेर राखिएका थिए। ती मूर्तिहरू ११ वर्षपछि खोलिएका छन्। गुठी संस्थान, पुरातत्त्व विभाग, बिहारका, वडाध्यक्ष, प्रहरी, सरोकारवाला, पत्रकार र बिहारका प्रतिनिधिको उपस्थितिमा मूर्ति थुनेर राखेको ठाउँको ताल्चा फुटाएर हेरिएको हो। ४५ थान मूर्ति उक्त ठाउँमा रहेको पाइएको छ।

बिहारमा रहेका पुराना मूर्ति तीन महिनाभित्र साविक कै स्थानमा राखिने निर्णय भएको छ। अभियान्ताहरू जोडबडमा उक्त मूर्ति तीन महिनाभित्र पुरानै स्थानमा राख्ने सहमति भएको हो। ती मूर्ति साबिक क हुन् कि होइनन् ‘भेरिफाइ’ गरिनेछ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ