राष्ट्रपति भण्डारीलाई डेंगु संक्रमण !


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन् । चार दिनदेखि ज्वराे आएपछि शनिवार शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएकी हुन् ।

अस्पताल स्रोतले दिएको जानकारी अनुसार राष्ट्रपति भण्डारी बिहान १० बजे शिक्षण अस्पताल भर्ना भएकी हुन् । ज्वराेकाे मात्रा १०३ डिग्री भएकाले चिकित्सकहरुले डेंगु संक्रमण भएकाे अनुमान गरेका छन् । राेग पत्ता लगाउन रगत र पिसावकाे नमूना शिक्षण अस्पताल प्रयाेगशालामा पठाईएकाे अधिकारीहरुले बताएका छन् ।

भण्डारीलाई शिक्षण अस्पतालकाे एनएक्स २ वाडकाे  ६०१ नम्बर बेडमा राखेर प्रारम्भिक उपचार सुरु गरीएकाे छ ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com