सप्तकोसी नदीमा स्टिमर दुर्घटना हुँदा ३ जनाको मृत्यु


काठमाडौं। सप्तकोसी नदीमा स्टिमर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। इन्जिन अफ हुँदा सप्तकोसी नदीमा जेटबोट (स्टिमर) दुर्घटनामा परेको परेको छ। उक्त दुर्घटनामा परी ३ जनाको मृत्यु भइसकेको हो।

आइतबार दिउसो करिब साढे १ बजे भोजपुर कोप्चेबाट १ दर्जनभन्दा बढी यात्रु बोकेर बराहक्षेत्र जाँदै गरेको स्टिमर दुधकोशी र अरुण दोभानदेखि दुई सय मिटर तल दुर्घटना भएको छ। इन्जिन फेल भएपछि उक्त स्टिमर दुर्घटनामा परेको हो। ३ जना यात्रु अझै बेपत्ता रहेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ