भ्रष्टाचार मुद्दा लाग्दा सचिव नभइ घर गएका शिक्षातिरका इमनारायण
काठमाडौं। इमनारायण श्रेष्ठ भ्रष्टाचार मुद्दा लाग्दा सचिव नभइ घर गए। इमनारायणसँगै सहसचिव भएका बैकुण्ठप्रसाद अर्याल हाल महालेखा नियन्त्रकको भूमिका छन्। श्रेष्ठ भने सहसचिवबाटै घर गएका हुन्।
२०२४ साल चैत २६ गते पाल्पामा जन्मिएका श्रेष्ठ शिक्षा प्रशासनतिरका सहसचिव थिए। आदिवासी/जनजाति कोटा प्रयोग गरेर २०७१ माघ २९ गते सहसचिव बनेका श्रेष्ठ बढुवाको मुखमै भ्रष्टाचार मुद्दामा डामिए। बैकुण्ठप्रसाद अर्याल र श्रेष्ठले एकैदिन सहसचिवको नियुक्ति लिएका श्रेष्ठ थिए। अर्यालपछि सचिव बढुवा हुने लाइनमा रहेका श्रेष्ठ सहसचिवबाटै अवकाशमा गएका हुन्।
मधेश प्रदेशको समाजिक विकास सचिव हुँदाको स्वास्थ्य उपकरण खरिदमा श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गऱ्यो। अख्तियारले जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन सचिव श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सामान आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितसहित सचिव श्रेष्ठलाई २१ करोड ८९ लाख ३९ हजार ७ सय ८० रुपैयाँको बिगो माग दाबी लिएर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसपछि निलम्बनमा परेका श्रेष्ठ सचिव हुने पालो गुजारेर सहसचिवबाटै घर गएका हुन्।
श्रेष्ठ निलम्बनमा परेपछि राजेन्द्रकुमार पौडेल सचिवमा बढुवा भए। श्रेष्ठ निलम्बनमा नपरेको भए पौडेलको ठाउँमा उनी नै सचिव हुने थियो। तर, भ्रष्टाचार मुद्दा लाग्दा श्रेष्ठको सचिव हुने सपना चकनाचुर भयो। शिक्षाबाट सचिव हुने सूचीमा पर्न श्रेष्ठ असफल भए। भ्रष्टाचार मुद्दा नलागेपनि श्रेष्ठ कै हालत अर्का पाल्पाली श्रीकृष्ण नेपालले भोगेका छन्। दुबैजनाले मुखमा आएको सचिव पद फुत्काएर ५८ वर्ष पूरा गरी अवकाशमा गएका हुन्।
क्याटेगोरी : समाचारट्याग : #इमानारायण श्रेष्ठ


तपाईको प्रतिक्रिया दिनुहोस