गाडी खोसेको सरकारले उपसचिवलाई पनि गाडी चढ्न दिने!
काठमाडौं। सरकारी गाडी खोसेका उपसचिवलाई पनि सरकारले सरकारी गाडी दिने योजना बनाएको छ। उपसचिवलाई पनि सरकारले गाडी किन्नका लागि ऋण दिने निर्देशिका ल्याएको हो।
मापदण्ड अनुसार गाडी चढ्न नपाउने भनेर गाडी खोसेको सरकारले उपसचिवहरूलाई गाडी किनेर चढ्न निर्ब्याजी ऋण दिने निर्देशिका जारी गरेको छ। सरकारी कर्मचारीहरूका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३ जारी गरेर उपसचिवलाई पनि चार पाङ्ग्रे सवारी (गाडी) किन्न ४० लाख रुपैयाँ ऋण दिने भएको हो। ४० लाख रुपैयाँ ऋणको एक पैसा पनि ब्याज तिर्नु पर्दैन। गाडी खोसिएका उपसचिवहरूले अब गाडी चढ्न पाउने भएका हुन्।
निर्देशिका अनुसार गाडी किन्न मुख्य मुख्यसचिव र सचिवले ६० लाख रुपैयाँ ऋण पाउनेछन्। सहसचिवले गाडी किन्न ५० लाख रुपैयाँ ऋण पाउनेछन्। उपसचिवले भने ४० लाख रुपैयाँ गाडी किन्न ऋण पाउने भएका हुन्।
शाखा अधिकृतले मोटरसाइकल/स्कुटर किन्न ४ लाखसम्म ऋण पाउनेछन्। नायब सुब्बा र त्योभन्दा मुनिका कर्मचारीले २ लाख रुपैयाँसम्म बिना ब्याजको ऋण पाउने निर्देशिकामा उल्लेख छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस