दसैँमा बिरामीको सेवामा अनवरत खटिरहेका स्वास्थ्यकर्मीहरू


काठमाडौं। स्वास्थ्यकर्मीलाई त्यतिकै भगवानको रूपमा हेरिएको हैन। नेपालीहरू महान चाड वडा दशैँमा पनि मान्छेको ज्यान जोगाउन उनीहरू अनवरत रूपमा कार्यक्षेत्रमा खटिरहेका छन्। दसैँको टीकाभन्दा उनीहरूका लागि बिरामीको सेवा गर्नु मुख्य धर्म रहेको देखिन्छ।

अन्य पेशा व्यवसायमा रहेका नेपालीहरू दसैँ मनाउन गाउँ घर र विभिन्न ठाउँतिर लागे। कतिपयले त दसैँ बिदाको उपयोग गर्दै घुम्न समेत निस्किए। तर, स्वास्थ्यकर्मीहरू दसैँ बिदामा पनि बिरामीको सेवामा दत्तचित्त भएर लागिपरेका छन्। घर परिवार र आफन्त कहाँ टीका लगाउन र रमाइलो गर्न जाने बेलामा स्वास्थ्यकर्मीहरू भने बिरामीको सेवामा निरन्तर लागिपरेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ