बालेनको स्वास्थ्य हेर्ने टिम, जसले गर्दैछ विशेष तयारी


काठमाडौं । काठमाडौं महानगपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले स्वास्थ्यलाई विशेष प्राथमितामा राखेका छन् । बालेनको निर्देशनसँगै महानगरपालिकाको स्वास्थ्य विभागको टिम निकै सक्रिय हुन थालेको छ ।
स्वास्थ्य संस्था अनुगमनदेखि महानगरवासीलाई सहुलियत सेवा उपलब्ध गराउने योजनका साथ बालेनको स्वास्थ्य हेर्ने टिमले काम गरिरहेको छ ।
काठमाडौं महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाले १० प्रतिशत निःशुल्क सेवा अनिर्वाय रुपमा प्रदान गराउन उक्त टिम सक्रिय बनेको छ । स्वास्थ्य संस्थाको न्यूनतम मापदण्ड पूरा भए/नभएको विषयमा पनि बालेनको स्वास्थ्य हेर्ने टिमले गृहकार्य थालेको छ । कोभिडदेखि डेंगी रोकथाम तथा नियन्त्रणका काममा पनि बालेनको स्वास्थ्य हेर्ने टिमले विशेष तयारी थालेको छ ।
बालेनको योजनामा झन्डै ८ वडा वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाको काम तीव्र गतिमा भइरहेको छ । यसमा स्वास्थ्य टिमको उत्तिकै भूमिका छ । खोप व्यवस्थापनमा समेत काठमाडौं महानगरपालिका अन्य स्थानीय तहको तुलनामा निकै अगाडि देखिन्छ ।

काठमाडौं महानगरपालिकाको स्वास्थ्यको विभागीय प्रमुख प्रशासन(प्र) समूहको ९ औं तहकाे हुने व्यवस्था रहेको छ । अहिले प्रशासन तर्फका ८ औं तहका रामप्रसाद पौडेल स्वास्थ्य विभागको निमित्त प्रमुख भएर काम गरिरहेका छन् । बालेनको स्वास्थ्यसम्बन्धी योजना कार्यान्वयन गर्न उनले विशेष सक्रियता देखाउन थालेका छन् । प्रमुख पौडेललाई प्राविधिक कुरामा उप निर्देशक सजिना महर्जनको दरबिलो साथ रहेको छ ।
८ औं तहको स्वास्थ्य विभागको महाशाखा प्रमुख समेत रहेकी महर्जन स्वास्थ्य मन्त्रालयमा जस्तै प्राविधि सचिव हुने व्यवस्था थियो भने स्वास्थ्य विभाग प्रमुख हुने क्षमता राख्ने व्यक्ति हुन् । तर, महानगरपालिकामा स्वास्थ्यको विभागीय प्रमुख प्रशासनको रहने व्यवस्था रहेकाले उनले चान्स नपाएको देखिन्छ ।


काठमाडौं महानगरपालिका संगठन संरचना, स्वीकृत दरबन्दी र पदाधिकारी तथा प्रशासनिक इकाइहरूको कार्य विवरण,२०७७ मा स्वास्थ्य विभागको प्रमुख प्रशासन ९ तहको हुने व्यवस्था रहेकाले महर्जनको क्षमता महाशाखा प्रमुखमा खुम्चिन पुगेको छ ।

बालेनको स्वास्थ्य टिममा रहेर काम गर्ने अर्की व्यक्ति हुन् सहायक निर्देशक मञ्जु मास्के । जनस्वास्थ्य अधिकृत मास्के बालेनका स्वास्थ्य सम्बन्धी योजना कार्यान्वयनका लागि उत्तिकै लागि परेकी छिन् । सहायक निर्देशक नलि बज्रचार्य पनि बालेनको स्वास्थ्य टिममा रहेर काम गरिरहेकी छिन् । सहायक निर्देशक मैया सैंजू र अञ्जली सिन्धुराकार पनि उक्त टिममा रहेर सक्रियतापूर्वक काम गरिरहेका छन् ।

सिनियर एएनएम निरीक्षक लक्ष्मी देवकोटा (पौडेल), वरिष्ठ वैद्य पार्वती रावल (न्यौपाने) र सिअहेब दमनबहादुर नेगी पनि स्वास्थ्यको टिममा रहेर निरन्तर बालेनको योजना सफल पार्न लागिपरेका छन् । महानगरको स्वास्थ्य विभागका तथ्याङ्क अधिकृत पवन कुमार ठाकुर हुन् । कार्यालय सहयोगी सरस्वती बलामीको समेत स्वास्थ्य विभागमा महत्त्वपूर्ण सहयोग रहेको छ ।

काठमाडौं महानगरपालिकाको स्वास्थ्य सल्लाहकारको भूमिकामा वरिष्ठ चिकित्सक आईओएमका पूर्व डीन प्रा.डा. जगदीशप्रसाद (जेपी ) अग्रवाल रहेका छन् । बालेनको स्वास्थ्य टिमले फरक तरिकाले काम गरिरहेको बुझिन्छ । नयाँ नजिता निकाल्ने र स्वास्थ्यमा परिवर्तन ल्याउन उक्त टिम सक्रिय बनेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #उपनिर्देशक सजिना महर्जन, #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com