दसैँमा दिपक भट्टका दाजुभाइ ‘खोर’मा


काठमाडौं। दसैँमा दिपक भट्टका दाजुभाइ नै थुना (खोर) पुगेका छन्। दिपक सम्पत्ति शुद्धीकरणसहित झन्डै आधा दर्जन मुद्दा लागेर जेल जीवन बिताइरहेका छन्। उनका दाइ सुशील भट्ट पनि प्रहरी हिरासत बोलीचालीको भाषामा प्रहरी ‘मामा-घर’ पुगेका हुन्।

भाइ दिपकलाई दसैँ मनाउन घर लाने प्रयास गर्दा दाइ सुशील प्रहरी हिरासतमा पुगेका छन्। भाइलाई छुटाउन बिचौलिया इनम सापकोटा मार्फत सेटिङ गर्दा सुशील पनि खोरमा पुगेका हुन्। दसैँमा चर्तुभुजका दुबै छोरा मामा-घरमा पुगेका छन्।

दिपक राज्यसत्ता हल्लाउने शक्तिशाली बिचौलिया हुन्। कांग्रेस-एमाले गठबन्धनको सत्ताका सेतु दिपकलाई बालेन सरकारले खोरमा हालेको हो। सांसदहरूको सूची बनाएर नयाँ गठबन्धनको कसरत गरिरहेका दिपकलाई छुटाउन उनका दाइ सुशील निकै सक्रिय रहँदै आएका थिए। इनमसँग मिलेर षडयन्त्रमा लाग्दा भट्ट दाजुभाइ नै भित्र गएका हुन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा समेत उक्त प्रकरणमा विवादमा आएका छन्। इनमसँग जोडिदा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाल समेत बर्खास्त भएका हुन्। अहिले भाइलाई छुटाउन सक्रिय सुशील समेत प्रहरी हिरासतमा पुगेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ