नर्सिङ होमलाई अनुमति दिँदा ३० लाख घूस डिल गर्ने पूर्वस्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही सिफारिस


काठमाडौं। पोखराको पद्म नर्सिङ होमलाई १ सय शय्या\को अनुमति दिने क्रममा ३० लाख रुपैयाँ ‘घुस डिल’ गरेको आरोप लागेका गण्डकी प्रदेश सरकारका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेमाथि कारबाही सिफारिस गरेको छ। उक्त प्रकरणमा पूर्वस्वास्थ्यमन्त्री पाण्डेका स्वकीय सचिव यादव पौडेलमाथि कारबाहीको सिफारिस गरिएको हो। नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलद्वारा गठित तीन सदस्यीय छानबिन समितिले उक्त सिफारिस गरेको हो।

नेकपा (एमाले) गण्डकी प्रदेश सभा संसदीय दलद्वारा गठित तीन सदस्यीय छानबिन समितिले अध्ययन प्रतिवेदन तयार पारी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारी र एमाले गण्डकीका अध्यक्ष नवराज शर्मालाई बुझाएको छ। पूर्वस्वास्थ्यमन्त्री अधिकारीले प्रदेशमन्त्री पाण्डेमाथि कारबाही गर्नुपर्ने अवस्था आएको हो।

उक्त प्रकरणलाई प्रदेश सरकार र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ। पार्टीले समेत कारबाही सिफारिस गरेकाले मन्त्री पाण्डेमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्ने सम्भावना बढेर गएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ