असोज महिनामा ठूलो संख्यामा सहसचिवहरू गए अवकाशमा
काठमाडौं। असोज महिनामा ठूलो संख्यामा सहसचिवहरू अवकाशमा गएका छन्। विभिन्न सेवा समूहका करिब १ दर्जन सहसचिवहरू असोज महिनामा ५८ वर्ष पूरा भएर घर गएका हुन्। कतिपय सहसचिवले अवकाशको मिति अगाडि राजीनामा दिएका थिए। कतिपय सहसचिव नियमित रूपमै अवकाशमा गएका हुन्।
असोजमा अवकाश जाने सूचीमा सहसचिवहरू शैलेशकुमार झा, पशुपति ढुंगाना, तुलसीनाथ गौतम, ओमबहादुर खड्का, जयकुमार घिमिरे, विनोद लामिछाने, सन्तोषकुमार दाहाल, पुष्करप्रसाद पोखरेल, रविन्द्र महर्जन, चन्द्रबहादुर शिवाकोटी र लेखनाथ ज्ञवाली रहेका थिए। यिनीहरूमध्ये लामिछाने, शिवाकोटी र ज्ञवालीले असोज लाग्नु अगाडि नै राजीनामा दिएर हिँडेका हुन्। सहसचिवहरू झा, ढुंगाना, गौतम, खड्का, घिमिरे, दाहाल, पोखरेल र महर्जनले अनिवार्य अवकाशको मिति कुरेरै घर गएकाे पाइन्छ।
गौतम, खड्का, घिमिरे, लामिछाने, दाहाल, शिवाकोटी र ज्ञवाली नेपाल प्रशासन सेवाका सहसचिव हुन्। झा र पोखरेल इन्जिनियरिङ सेवा सहसचिव, ढुंगाना कृषि र महर्जन वनतिरका सहसचिव हुन्।
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा कार्यरत सहसचिव शैलेशकुमार झाले असोज ३ गते अनिवार्य अवकाश लिए। कोशी प्रदेशका कृषि सचिवको भूमिकामा रहेका (सहसचिव) पशुपति ढुंगाना पनि असोज ३ गते नै अनिवार्य अवकाशमा गएका हुन्। सहसचिव तुलसीनाथ गौतम भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट असोज १३ र सहसचिव जयकुमार घिमिरे असोज १४ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएका हुन्।
सुदूरपश्चिम प्रदेशको मुख्य तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव (सहसचिव) ओमबहादुर खड्का असोज १४ गते र राष्ट्रपति कार्यालय सहसचिव सन्तोषकुमार दाहाल असोज २२ गते ५८ वर्ष पूरा भएर घर गएका हुन्। कोशी प्रदेशका सचिव (सहसचिव)पुष्करप्रसाद पोखरेल असोज २३ गते र वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका सहसचिव रविन्द्र महर्जन असोज २४ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशका गएकाे देखिन्छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा विनोद लामिछाने असोज १४ गते र चन्द्रबहादुर शिवाकोटी असोज २७ गते अनिवार्य अवकाशमा जाने सूचीमा थिए। अतिरिक्तमा रहेका लामिछाने र शिवाकाेटी त्यस अघि नै राजीनामा दिएर हिँडेका हुन्।
असोज २७ गते अनिवार्य अवकाशमा जाने सूचीमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लेखनाथ ज्ञवाली पनि अवकाशको मिति अगाडि नै राजीनामा दिनेमा पर्छन्। राजीनामा नदिएपनि उनीहरू ५८ वर्षे उमेर हदका कारण घर जानै पर्ने थियो। त्यो दिन नकुरी उनीहरू सरकारी सेवाबाट अलग भएका थिए। यसरी असोजमा करिब १ दर्जन सहसचिव ५८ वर्ष पूरा भएर सरकारी सेवाबाट अलग भएका छन्।
क्याटेगोरी : समाचारट्याग : #ओमबहादुर खड्का, #चन्द्रबहादुर शिवाकोटी, #जयकुमार घिमिरे, #तुलसीनाथ गौतम, #पशुपति ढुंगाना, #पुष्करप्रसाद पोखरेल, #रविन्द्र महर्जन, #लेखनाथ ज्ञवाली, #विनोद लामिछाने, #शैलेशकुमार झा, #सन्तोषकुमार दाहाल


तपाईको प्रतिक्रिया दिनुहोस