अब वीर अस्पतालमा हुने छैनन् कुनै सहसचिव ‘पेण्डुलम’
काठमाडौं। अनावश्यक दरबन्दी सिर्जना गरेर सहसचिवलाई कसरी ‘पेण्डुलम’ बनाइन्छ भन्ने गतिलो उदाहरण वीर अस्पताल बन्दै आएको थियो। वीर अस्पताललाई सहसचिवका लागि ‘डम्पिङ साइट’ भन्ने गरिएको थियो। वीर अस्पतालमा सहसचिवका लागि बनाइएको अनावश्यक ‘डम्पिङ साइट’ बालेन सरकारले बन्द गरिदिएको छ। अब कुनै सहसचिव वीर अस्पतालको ‘डम्पिङ साइट’मा ‘पेण्डुलम’ बन्न जानु पर्ने छैन। वीरमा अनावश्यक र औचित्यहीन दरबन्दी कटौतीमा परेपछि सहसचिवहरू ‘डम्प’ हुने अवस्था अन्त्य भएको हो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा सहसचिवको दरबन्दी सिर्जना गरिएको थियो। ऊर्जा र क्षमता भएका सहसचिवहरू (न्याम्स) वीर अस्पतालमा दिनभर ‘पेण्डुलम’ भएर बसिरहेका हुन्थे। अब त्यो अवस्था सधैंका लागि बन्द गरिएको हो।
सहसचिवहरू ध्रवराज पण्डित, राजेन्द्रप्रसाद पाण्डे, मदन कोइराला, अर्जुन गौतम, मनिता श्रेष्ठ र रितेशकुमार शाक्य वीर अस्पतालमा ‘पेण्डुलम’ भएर छोटो समयमै सरूवा मागेर हिँडेका थिए। त्यसपछि वीरमा ‘पेण्डुलम’ हुन पुगेका सहसचिव गोविन्दप्रसाद अधिकारी दरबन्दी खारेज भएपछि त्यहाँबाट हटेका छन्। अब उनीहरू जस्ता सहसचिव वीर अस्पतालमा ‘पेण्डुलम’ बन्न जानुपर्ने छैन।
तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालको ‘शनक’का भरमा राज्यलाई अनावश्यक भार पर्नेगरी वीरमा स्वास्थ्यतिरको १२ औं तह र प्रशासन तर्फ सहसचिवको दरबन्दी सिर्जना गरिएको थियो। उक्त दरबन्दीमा गएका सहसचिवहरूको राज्यबाट तलब भत्ता खानेबाहेक केही काम छैन। सहसचिव ‘डम्प’ गर्ने थलो बनेको वीरमा ध्रवराज पण्डित, राजेन्द्रप्रसाद पाण्डे, मदन कोइराला, अर्जुन गौतम, मनिता श्रेष्ठ, रितेशकुमार शाक्य र गोविन्दप्रसाद अधिकारी वीरमा ‘डम्प’ भएर निस्किएका हुन्। बालेन सरकारले वीरको दरबन्दी खारेज गरेपछि अब थप सहसचिव त्यहाँ जानु पर्ने अवस्थाको अन्त्य भएको हो।
क्याटेगोरी : समाचारट्याग : #अर्जुन गौतम, #गोविन्दप्रसाद अधिकारी, #ध्रवराज पण्डित, #मदन कोइराला, #मनिता श्रेष्ठ, #राजेन्द्रप्रसाद पाण्डे, #रितेशकुमार शाक्य


तपाईको प्रतिक्रिया दिनुहोस