स्वास्थ्य मन्त्रालयले करारका कर्मचारीलाई दिएन दशैं पेस्की


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा कार्यरत कर्मचारीलाई दशैं पेस्की उपलब्ध नगराएको भन्दै कर्मचारीहरू असन्तुष्ट बनेका छन्। दशैंजस्तो महत्वपूर्ण चाडपर्वका बेला स्थायी कर्मचारीले पाउने सुविधा र करारका कर्मचारीले भोग्नुपरेको अवस्थाबीचको विभेदले उनीहरूमा निराशा बढाएको छ।

मन्त्रालयको दैनिक कामकाज सञ्चालनदेखि सेवा प्रवाहसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका करारका कर्मचारी नै दशैं पेस्कीबाट वञ्चित भएका हुन्। मन्त्रालयको काम र इज्जत धान्न खटिने कर्मचारीले चाडपर्वका बेला समेत सुविधा नपाउनु विडम्बनापूर्ण देखिएको छ।

नियमित रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका करारका कर्मचारीलाई चाडपर्वका बेला समेत आवश्यक सुविधा उपलब्ध नगराइनु न्यायोचित नभएको उनीहरूको गुनासो छ। काम र जिम्मेवारीमा योगदान आवश्यक पर्ने तर सुविधाका विषयमा बेवास्ता गरिने अवस्थाले कर्मचारीप्रतिको व्यवहारमाथि प्रश्न उठाएको छ।

कर्मचारीले समान काम र जिम्मेवारी निर्वाह गरिरहँदा चाडपर्वका सुविधामा समेत विभेद हुनु उचित नभएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ