‘ब्याची’ सहसचिवहरू सचिवमा उक्लिए, पालो कुरेर बसिरहेका एक्ला जयनारायण


काठमाडौं। २०७१ फागुन १२ गते एकैदिन नियुक्ति भएका नेपाल प्रशासन सेवाका सहसचिव भटाभट सचिव भएका छन्। उक्त ‘ब्याच’ राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई, इन्दु घिमिरे, नारायणप्रसाद भट्ट, बिनोदबहादु कुँवर, उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली, रूद्रसिंह तामाङ, आभा श्रेष्ठ र चक्रबहादुर बुढा सचिवमा बढुवा भइसकेका छन्। जयनारायण आचार्य सचिव बढुवाको पालो कुरेर बसेका हुन्। उक्त ‘ब्याच’का सहसचिव श्रीकृष्ण नेपाल भने सचिव नै नभइ सरकारी सेवाबाट बाहिरिएका छन्।

२०७१ फागुनमा उक्त ‘ब्याच’मा आन्तरिक प्रतिस्पर्धाबाट राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई, इन्दु घिमिरे, श्रीकृष्ण नेपाल, बिनोदबहादु कुँवर, कालीप्रसाद पराजुली र रूद्रसिंह तामाङ सहसचिव भएका थिए।

नारायणप्रसाद भट्ट, उत्तरकुमार खत्री र जयनारायण आचार्य खुला प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। आभा श्रेष्ठ मधेशी कोटा र चक्रबहादुर बुढा पिछडिएको क्षेत्रको कोटाबाट सहसचिव भएका थिए। खुला प्रतिस्पर्धाबाट सहसचिव भएका आचार्य सचिवमा बढुवा हुन बाँकी छ। बाँकी रहेका एक्ला आचार्य सचिव बढुवाको पालो कुरेर बसिरहेकाका छन्। ३ महिनाभित्रै उनी सचिवमा बढुवा हुने देखिन्छ।

पौडेल हाल सूचना तथा सञ्चार मन्त्रालय, घिमिरे रक्षा मन्त्रालय, भट्टराई बागमती प्रदेश, भट्ट कोशी प्रदेश, कुँवर लुम्बिनी प्रदेश, खत्री सुदूरपश्चिम प्रदेश, पराजुली अख्तियार, तामाङ उद्योग मन्त्रालय, श्रेष्ठ गण्डकी प्रदेश र बुढा राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत छन्। ७ प्रदेशमध्ये ५ प्रदेशमा उक्त ‘ब्याच’कै प्रमुख सचिव छन्। जयनारायणको बढुवा भएपछि उक्त ‘ब्याच’का सहसचिवहरू सचिव हुने चक्र पूरा हुने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ